नियम ७६
बढुवा नामावलीको प्रकाशन
(१) बढुवा समितिले बढुवाको लागि सिफारिस भएका
कर्मचारीको नामावली सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बढुवा नामावली प्रकाशन गर्दा बढुवाको लागि
सम्भाव्य उम्मेदवार भएका सबै कर्मचारीहरुको प्राप्ताङ्क समेत प्रकाशन गर्नु पर्नेछ ।